कांग्रेस-एमालेलाई राप्रपा, जनमत र लोसपाको समर्थन

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बन्न लागेको नयाँ सत्ता समीकरणको सहमतिलाई राप्रपा, जनमत र लोसपाले समर्थन गरेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार बोलाएको बैठकमा ती दलका नेताहरूले नयाँ सहमतिमा समर्थन जनाएको बताइएको छ । यसैगरी नेकपा एमालेको सचिवालय बैठकले कांग्रेससँग सत्ता समीकरणको सहमति भएको भन्दै आजसम्म मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको छ । तर प्रधानमन्त्री प्रचण्डको तर्फबाट ठोस जवाफ आएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर