विदेशी शिक्षण संस्थाको सम्बन्धनबारे प्रतिवेदन सार्वजनिक

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘विदेशी शिक्षण संस्थाको सम्बन्धनमा नेपालमा सञ्चालित शिक्षण संस्थाहरूको अध्ययन गर्न गठित विज्ञ समितिको प्रतिवेदन सार्वजनिक गरेको छ । मन्त्रालयले मंगलबार ‘विदेशी शिक्षण संस्थाको सम्बन्धनमा नेपालमा सञ्चालित शिक्षण संस्थाहरूको अध्ययनका लागि गठित विज्ञ समितिको प्रतिवेदन, २०८१’ सार्वजनिक गरेको हो ।

शिक्षामन्त्री सुमना श्रेष्ठले गत १४ वैशाखमा पूर्वसचिव शंकर कोइरालाको नेतृत्वमा उच्चस्तरीय अध्ययन समितिले गठन गरेकी थिइन् । उक्त समितिले विदेशी सम्बन्धन प्राप्त कलेजहरूको आवश्यक अध्ययन गरेर मन्त्री श्रेष्ठसमक्ष जेठ ३२ गते प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनले विदेशी सम्बन्धनप्राप्त कलेजहरूमा बेथितिको चाङ रहेको देखाएको छ । प्रतिवेदनले मन्त्रालयले कलेजहरूको नियमित अनुगमन नगरेको उल्लेख गरेको छ भने कलेजहरूले निर्देशिकाबमोजिम छात्रवृत्ति प्रदान गर्ने कार्य व्यवस्थित नरहेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर