एमालेद्वारा प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं । नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएको छ । एमाले–कांग्रेसको सत्ता समीकरण गर्ने सहमतिपछि समर्थन फिर्ता लिएको पत्र राष्ट्रपति कार्यालयमा पठाएको बताइएको छ । समर्थन फिर्ताको पत्र दर्ता गराउन एमाले महासचिव शंकर पोखरेल आफैँ राष्ट्रपति कार्यालय पुगेको हो ।
प्रतिनिधिसभामा एमालेका ७८ र कांग्रेसका ८८ सांसद छन् । नेताहरूले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनको आह्वान गर्न राष्ट्रपतिसँगै रामचन्द्र पौडेलसँग पनि परामर्श गरेका छन् । दाहाल नेतृत्वको सरकारले प्रतिनिधिसभामा विश्वासको मत लिन नसकेपछि पनि धारा ७६ (२) अनुसारको सरकार गठनका लागि आह्वान हुने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर