कांग्रेस-एमाले सरकार अप्राकृतिक : सापकोटा

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता एवं उपाध्यक्ष अग्निप्रसाद सापकोटाले कांग्रेस—एमाले मिलेर सरकार बनाउने कुरा संवैधानिक नभएको तर्क गरेका छन् । माओवादी केन्द्रको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कांग्रेस र एमाले मिलेर सरकार बनाउने कुरा अग्रगमनतिर भन्दा पश्चगमनतिर जाने संकेत देखापरेको बताए ।

‘हामीलाई के लागेको छ भने अप्रत्याशित रूपमा जुन खालको घटनाक्रमहरु अघि आएका छन् । यो त्यति स्वभाविक र संवैधानिक छैन । लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित भएर आएको जस्तो लाग्दैन’,  उनले भने,‘देशका पहिलो र दोस्रो ठूलो पार्टी मिलेर बन्ने भन्नेकुरा नै प्राकृतिक जस्तो लाग्दैन । बाहिर कुरा आइरहेको छ, संविधान संशोधनसम्मका कुरा छन् । संविधान संशोधनमा पनि समानुपातिकका कुरा छन् । अग्रगमनतिर भन्दा पश्चगमनतिर जाने संकेत देखापरेको छ । यो बेठिक छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर