प्रचण्ड फ्लोर टेस्टमा जाँदै, रास्वपाका मन्त्री फिर्ता हुँदै

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदबाट राजीनामा नदिने निर्णय गरेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा आज मंगलबार बिहान बसेको माओवादी पदाधिकारीको आकस्मिक बैठकले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको हो ।
सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्रीले विश्वासको मतको सामना गर्ने निर्णय गरेको बताए ।

प्रधानमन्त्रीले विश्वासको मतको सामाना गर्ने धारणा बनाउनुभएको छ । हामीले पनि पार्टीको तर्फबाट एकमतले समर्थन गरेका छौं,’ उनले भने, ‘विभिन्न पक्षसँग कुरा गर्छौँ । रास्वपा, कांग्रेस र एमालेका विभिन्न पक्षसँग कुराकानी गरेर अगाडि बढ्ने सहमति भएको छ ।’

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ । रास्वपाको मंगलबार बिहान बसेको सचिवालय बैठकले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको हो । अर्को सरकार बन्ने प्रक्रिया सुरु भएपछि मन्त्रीहरू फिर्ता बोलाउने बैठकपछि पार्टीका सचेतक सन्तोष परियारले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर