उरुग्वे, पानामा कोपा अमेरिकाको क्वार्टरफाइनलमा

काठमाडौं ।  उरुग्वे कोपा अमेरिका फुटबलको समूह चरणमा शतप्रतिशत जीत निकाल्दै क्वार्टरफाइनलमा पुगेको छ । समूह ‘सी’ को अन्तिम खेलमा आज बिहान अमेरिकालाई १–० गोलले हराएर उरुग्वे क्वार्टरफाइनलमा पुगेको हो ।

एरोहेड स्टेडियममा भएको खेलमा म्याथिएस ओलिभेराले गरेको एक गोल नै निर्णाय बन्यो । यो खेलसँगै एक खेल मात्र जितेको अमेरिका समूह चरणबाटै बाहिरिएको छ । यसैबीच समूह ‘सी’ कै अर्काे खेलमा पानामाले बोलिभियालाई ३–१ गोलले हराएको छ । आज बिहान इन्टर एण्ड को स्टेडियममा भएको खेलमा बोलिभियालाई हराएपछि समूहको दोस्रो हुँदै पानामा क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पानामाका जोस फजार्डो, इडुआडो गुरेरो र सिजर यानिसले समान एक गोल गरे । बोलिभियाका मिरान्डाले एक गोल फार्काए । एक खेल पनि नजितेको बोलिभिया समूह चरणबाटै बाहिरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर