राजीनामा गर्ने कि हाउस फेस गर्ने भन्ने द्विविधामा प्रचण्ड

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बनायन सोमबार मध्य रातमा सहमति भएपछि राजनीतिक दलहरू आन्तरिक छलफलमा जुट्न थालेका छन् । यसैक्रममा नेपाली कांग्रेस, नेकपा एमाले नेकपा माओवादी र रास्वपाले आआफ्नो पार्टीको बैठक बोलाएका छन् । कांग्रेसको पदाधिकारी बैठक अहिले बिहान ९ बजे बस्दैछ भने एमालेले पनि आफ्नो सचिवालयको बैठक आज मंगलबार दिउँसो तीनबजेका लागि बोलाइएको छ । बैठकमा नेपाली कांग्रेससँगको सत्ता समीकरणलगायतका विषयमा छलफल हुनेछ ।

यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बोलाएका छन् । नयाँ परिस्थितिमा कसरी अघि बढ्ने भन्नेबारे छलफल गर्न अहिले बिहान ९ बजे बालुवाटारमा पदाधिकारी बैठक बोलाइएको हो । कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाउने सहमति भइसकेको अवस्थामा राजीनामा दिने कि विश्वासको मत लिने भन्नेबारेमा छलफल हुने बताइएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकपनि बस्दै छ । बैठक केहीबेरमा संसदीय दलको कार्यालयमा बस्ने छ । बैठकमा बदलिँदो राजनीतिक परिस्थितिबारे छलफल हुने रास्वापाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर