प्रधानमन्त्रीमा ओली, प्रमुख प्रतिपक्ष दलको नेतामा प्रचण्ड ?

काठमाडौं ।  नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बनाउने समझदारी भएको छ । निरन्तरको गृहकार्यपछि कांग्रेस र एमालेका शीर्ष नेताहरू सोमबार मध्यराति नयाँ सत्ता समीकरण बनाउन सहमत भएका हुन् । संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारसहित अर्थतन्त्र सुधारमा काम गर्ने प्रतिवद्धता दुवै दलले व्यक्त गरेका छन् ।

देउवा र ओलीबीच भएको सहमतिअनुसार तत्काल सरकारको नेतृत्व एमालेले गर्नेछ  । त्यसको डेढ वर्षपछि २०८४ को चुनावी सरकारको  नेतृत्व देउवाले गर्ने सहमति भएको छ । कांग्रेस र एमालेबीचको सरकारलाई ‘राष्ट्रिय सहमतिको सरकार’को नाम दिने विषयमा छलफल चलिरहेको छ । सरकारमा एमालेले अर्थ मन्त्रालयसहित ९ वटा मन्त्रालय पाउने सहमति भएको छ । कांग्रेसको भागमा गृहसहित १० वटा मन्त्रालय पर्नेछन् ।

दुई दलबीच सातवटै प्रदेशमा बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व कांग्रेसले गर्नेछ । त्यस्तै एमालेले कोशी, कर्णाली, लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्ने भएको छ । मधेस सरकारको नेतृत्व मधेस केन्द्रित दलबाट हुने समझदारी जुटेको छ । संविधान संशोधनको लागि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा संविधान संशोधन सुझाव समिति पनि बनाउने सहमति पनि भएको छ । केही गरी एमाले र कांग्रेस मिलेर नयाँ सरकार बनाएमा नेकपा मओवादी प्रमुख प्रतिपक्षी दल बन्ने र त्यस दलको नेता प्रचण्ड हुनेछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर