सरकार ढल्ने हल्ला मिडिया ट्रायल : सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले वर्तमान सत्ता गठबन्धनमा कुनै समस्या नरहेको बताएकी छन् । मन्त्रिपरिषद्को सोमवार  बसेको बैठकको निर्णय सुनाउने क्रममा उनले सञ्चारमाध्यममा असमझदारी भयो, गठबन्धन टुट्यो भन्नेजस्ता समाचारमा सत्यता नरहेको दावी गरिन् । नेकपा एमालेका अध्यक्ष केपी ओली र प्रधानमन्त्री पुष्पकमल दाहालबीच सकारात्मक छलफल भएको शर्माको जिकिर छ । मन्त्री शर्माले सत्ता समीकरणको रक्षा गर्नु उनको पदीय कर्तव्य हो तर आगामी एक वा दुई दिनभित्र सत्ता समीकरणमा फेरबदल हुने नेपाली राजनीतिक वृत्तमा वृहत्तर विश्वास गरिएको छ ।

मन्त्री शर्माले प्रधानमन्त्रीले यो गठबन्धन लामै समय जाने बताएको जानकारी दिइन् । “बाहिर असझदारी भए भन्ने चर्चा परिचर्चा, हल्ला छन् । ती सबै कुरा असत्य हुन् । त्यस्तो छैन । हाम्रो छलफल अत्यन्तै सकारात्मक ढंगले अघि बढिरहेको छ,” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उनले भनिन्, “यो गठबन्धन लामै समय जाने स्थिति बनेको छ भनेर प्रधानमन्त्रीले ब्रिफिङ गर्नुभएको छ ।”

उनले सरकार यसरी नजाओस् भन्नेहरूले गलत सूचना फैलाएको दाबी गरिन् । उनले अहिले राष्ट्रिय सरकारको कुरा नभएको जिकिर गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर