सत्ता परिवर्तन हल्ला मात्र : गृहमन्त्री लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले वर्तमान सत्ता गठबन्धन भत्किने हल्लामात्र भएको दाबी गरेका छन् । सोमबार संसद भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै लामिछानेले भने, ‘हल्ला मात्रै हो। त्यस्तो थाहा छैन। म पनि सरकारमै छु। सरकार गठबन्धनको एउटा पार्टनर नै हुँ। त्यस्तो केही पनि छैन। मेरो भर्खरै दुईजना नेतासँग कुरा पनि भयो। कहिलेकाहीँ विभिन्न प्रक्रियाहरुमा केही असमझदारी हुँदाखेरी भेटघाट गर्ने कुरा भइरहन्छ। सामान्य भेटघाट नै हो। यसलाई कुनै त्यस्तो गम्भीरतापूर्वक लिनुपर्ने केही पनि छैन।’

कांग्रेस र एमालेबीच संविधान संशोधनलगायत एजेन्डमा सहमति गरेर नयाँ सरकार बनाउने गृहकार्य चलिरहेको छ । यता आफ्नो सत्ता जोगाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न अफर गरेको चर्चा राजनीतिक वृत्तमा व्याप्त छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर