ओलीद्वारा प्रधानमन्त्री प्रचण्डलाई राजीनामा गर्न आग्रह

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रिय सहमतिको सरकार बनाउन आफ्नो पदबाट राजीनामा गर्न सुझाव दिएका छन् । हिजो आइतबार र आज सोमबार लगातारको बैठकमा ओलीले प्रचण्डलाई उक्त सुझाव दिएको एमालेको उच्च स्रोतले जनाएको छ ।

नेपाली कांग्रेससँगको सहयोगमा प्रधानमन्त्री बन्न लागेका ओलीले प्रधानमन्त्री प्रचण्डसँग लगातार भेटघाट गर्दै आएका छन् । यसैबीच एमालेले पार्टीको तर्फबाट सरकारमा गएका आफ्ना मन्त्रीहरूलाई ‘अलर्ट’ रहन निर्देशन दिएको छ।पार्टीका सबै मन्त्रीहरूलाई आज साँझ ६ बजे भक्तपुरको बालकोटस्थित ओलीनिवासमा भेला हुन उच्च निर्देशन जारी गरेको छ ।

ओली र प्रधानमन्त्री दाहालबिच बालुवाटारमा पटक पटक गम्भीर कुराकानी चलिरहेको र उक्त कुराकानीबाट प्रधानमन्त्रीले राजीनामा दिन तयार नभएमा एमाले सरकारबाट फिर्ता भएको घोषणा गर्ने एमालेको तयार रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर