आज सोमबार नेप्सेमा व्यापक सुधार

काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.२९ अकंले बढेर २०५३.३८ बिन्दुमा बन्द भएको छ । सोमबार ३२३ कम्पनीको ७१ लाख ६५ हजार ७३५ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ९९ करोड ९९ लाख ६५ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

बजार बढ्दा आज सबैभन्दा धेरै नेपाल फाइनान्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको १९ करोड १३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआरएनको ११ करोड ८५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । जानकी फाइनान्सको ९ करोड ७६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन ऊर्जा विकासका लगानीकर्ताले कमाएका छन् ।

आज यस कम्पनीक लगानीकर्ताले ९.७४ प्रतिशतका दरले कमाएका छन् । दोर्दी खोला जलविद्युतका लगानीकर्ताले ८.४७ प्रतिशतका दरले कमाएका छन् । कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७.५२ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै नेपाल फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर