प्रभासको फिल्म कल्कि ५०० करोड भारुको क्लबमा

काठमाडौं ।  दक्षिण भारतीय सुपरस्टार प्रभासको फिल्म कल्कि २८९८ एडीले राम्रो व्यापार गरिरहेको छ । फिल्मले सबैतिरबाट टन्नै माया पाइरहेको छ । जुन २७ मा रिलिज भएको यो फिल्मले दिनहुँ नयाँ नयाँ कीर्तिमान बनाइरहेको छ । विश्वभरमा फिल्मले ५०० करोड भारु कमाएको छ । कमाइको हिसाबले कल्की उत्तरी अमेरिकामा सर्वाधिक कमाउने १० भारतीय चलचित्रको सूचीमा पनि परेको छ । प्रभास र दीपिका पादुकोण, अमिताभ बच्चन, कमल हासन र दिशा पटानी अभिनित फिल्मले चौथो दिन ठुलो उपलब्धि हासिल गरेको छ । नाग अश्विनद्वारा निर्देशित यो फिल्म प्रतिष्ठित ५०० करोड क्लबमा पुगेको छ । फिल्मका निर्माताले आइतबार राति माइक्रो ब्लगिङ वेबसाइट एक्समा यसको आधिकारिक घोषणा गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर