ओलीको लक्ष्य प्रधानमन्त्रीमा, प्रचण्डको कोसिस टिआरसी पासमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज सोमबार पनि बालुवाटारमा छलफल भएको छ। केही दिन यता नेताद्वयबिच छलफलको शृङ्खला चलिरहेको छ । उनीहरूबिच आइतबार पनि भेटवार्ता भएको थियो। बालुवाटार स्रोतले भेटघाटका विषय राजदूत नियुक्ति, सरकारको कामलाई गति दिने विषय भएको भनिएता पनि राजनीतिक वृत्तमा समीकरण परिवर्तनको चर्चा चुलिएको छ ।

नेता ओलीले इमान्दारीपूर्वक नेपाली कांग्रेसले आफूलाई प्रधानमन्त्री बन्न गरेको अफर प्रचण्डलाई सुनाउँदा उनले टिआरसी विधेयक टुंग्याउन आग्रह गरेको  चर्चाले राजनीतिक बजार तातेको छ । नेकपा माओवादीका लागि टिआरसीविधेयक अत्यधिक महत्वको विषय भएको छ । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदबाट पारित नभएसम्म माओवादीको टाउकोमाथि नाङ्गो तरवार झुण्डिरहेको सरह हुने राजनीतिक विश्लेषकहरूको टिप्पणी रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर