एसइईको पूरक परीक्षा (ग्रेड वृद्धि) आगामी साउन २३ गते हुने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक परीक्षा (ग्रेड वृद्धि) आगामी साउन २३ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) र शिक्षा मन्त्रालयको आइतबार बसेको बैठकले उक्त मिति तय गरेको हो । यसअघि दुई विषयमा नन ग्रेडेड (अनुत्तीर्ण) विद्यार्थीका लागि बोर्डले साउन १८ र १९ गते परीक्षा गर्ने सूचना जारी गरेको थियो । शिक्षा मन्त्रालयलले मन्त्रीस्तरीय निर्णय गर्दै दुई विषयभन्दा बढीमा पनि एनजी ल्याउने सम्पूर्ण विद्यार्थीलाई पूरक परीक्षामा सहभागी गराउने निर्णय गरेपछि परीक्षा तयारका लागि मितिमाथि हेरफेर गरिएको हो । गत बिहीबार सार्वजनिक भएको एसइईको नतिजामा ५२ प्रतिशतभन्दा बढी विद्यार्थीको एनजी अर्थात् नन ग्रेड​ आएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर