फरार पूर्वसांसद कौशलकुमार यादव पक्राउ

काठमाडौं । विगत आठ वर्षदेखि कर्तव्य ज्यान मुुद्दामा अभियुक्त रही फरार रहेका पूर्वसांसद कौशलकुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ । मधेश आन्दोलनको क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा पूर्वप्रदेश सांसद यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जयसवारले बताए ।

महोत्तरीको सम्सी गाउँपालिका –५ स्थित हुलाकी सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको डिएल ३ सिएवाई ८६१५ नम्बरको स्कोरपियो गाडीलाई विपरीत दिशाबाट आउँदै गरेको प्र. २–०२–००१ च ००४५ नम्बरको महेन्द्रा पिकअप गाडीले ठक्कर दिई भागेको घटनासम्बन्धी अनुसन्धान गर्ने क्रममा पूर्वसांसद यादव पक्राउ परेको प्रहरी नायब उपरीक्षक जयसवारले बताए ।

स्कोरपियो गाडीको चालकसहित ३ जना घाइतेलाई उपचारका लागि स्थानीय मेडिकलमा पठाइएको र ठक्कर दिने महेन्द्रा गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिइ चालकको नामथर वतन सोधपुछ गर्दा महोत्तरीको सोनमा गाउँपालिका वडा –५ खैरवनी (साबिक खैरवनी गावि।स वडा नं.–०६) बस्ने ४५ वर्षीय कौशलकुमार यादव रहेको खुलेको प्रहरीले जनाएको छ ।

पूर्व सांसद यादवमाथि २०७२ भदौं २५ गते प्रेमबहादुर बिकले दिएको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी सञ्जयकुमार साहसमेत भएको कर्तव्य ज्यान मुद्दा दायर रहेको र महोत्तरी जिल्ला अदालत जलेश्वरमा पेश भई यादव हालसम्म फरार रहेकाले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ९८ बमोजिम मुल्तवीमा थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर