नाइजेरियामा बम विस्फोटबाट १८ जनाको मृत्यु

काठमाडौं । नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा भएको बम विस्फोटमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ४८ जना घाइते भएका छन् । घटनामा १८ जनाको मृत्यु भएको र ४८ जना घाइते भएका नाइजेरियाकोे आपतकालीन सेवालाई उद्धृत गर्दै सिएनएनले समाचारमा उल्लेख गरेको हो । स्थानीय राज्य आपतकालीन व्यवस्थापन निकाय (सेमा) का प्रमुखले सन्दिग्ध आत्मघाती आक्रमणकारीले विस्फोट गराएको बताए । बोर्नो राज्य प्रहरी प्रवक्ता नाहुम केनेथ दासोका अनुसार ग्वोजामा भएको तिनवटा विस्फोटमध्ये एउटा पिठ्युँमा बच्चा बोकेकी एक महिलाले विवाह समारोहमा घरेलु विस्फोटक उपकरण (आइईडी) विस्फोट गराएकी हुन् । आत्मघाती आक्रमणकारीले सोही सहरको अस्पताललाई पनि निशाना बनाएका र विवाह समारोहमा भएको विस्फोटका पीडितहरूको अन्त्येष्टिमा फेरी अर्को आक्रमण गरेको डब्लुआईओएनले जानकारी गराएको छ । (तस्बिरः प्रतीकात्मक)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर