बेरिल आँधीले धेरै क्यारेबियन टापुलाई छोप्ने चेतावनी

काठमाडौं । एटलान्टिक महासागरमा निर्माण भएको यो मौसमकै पहिलो आँधीलाई बेरिल नाम दिइएको छ । यो आँधीले अमेरिका, मेक्सिको लगायतका मुलुकका तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याउने अनुमान गरिएको छ ।

आँधीले धेरै क्यारेबियन टापुहरुलाई छोप्ने चेतावनी दिइएको छ । स्थानीय समयअनुसार शुक्रबार राति बनेको बेरिल आँधी आगामी दिनमा क्यारेबियनबाट मेक्सिकोको खाडीमा सर्ने क्रममा रहेको छ । यो आँधी तेस्रो श्रेणीको हुने सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् ।

बेरिल आँधी आजै बार्बाडोस, डोमिनिका, ग्रेनाडा र मार्टिनिकको क्यारेवियन टापुहरुमा पुग्ने अपेक्षा गरिएको छ । नेसनल हुरिकेन सेन्टरका पूर्वानुमानकर्ताहरुले आँधी बार्बाडोसको पश्चिममा रहेको विन्डवर्ड टापुहरुमा पुग्दा आँधीबेहेरी सहित भारी वर्षाको भविश्यवाणी गरेका छन् । साथै जीवननै जोखिममा पर्न सक्ने भन्दै तटीय क्षेत्रका सर्वसाधारणलाई सचेत गराइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर