रास्वपाको बैठक प्रत्यक्ष प्रसारण गर्न माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न माग गरिएको छ । असार १९ गते बुधबारका लागि बोलाइएको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्ने आफूले प्रस्ताव राखेको महामन्त्री मुकुल ढकालले बताए ।
ढकालले भने, “बैठक लाइभ गर्न मैले सभापतिलाई आग्रह गरेको छु । गर्ने वा नगर्ने केही केही भन्नुभएको छैन ।” केन्द्रीय समिति बैठकमा महामन्त्री ढकालले समीक्षा यात्राबाट तयार गरेको प्रतिवेदनमाथि छलफल गर्ने भनिएको छ । प्रतिवेदनमा उल्लेखित विषयहरू नागरिकले थाहा पाउनुपर्छ भनेर सभापतिसँग बैठकको प्रत्यक्ष प्रसारणका लागि आग्रह गरेको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर