सुन प्रतितोलामा दुई सय रुपैयाँँ वृद्धि

काठमाडौं । आज आइतबार सुन प्रतितोला दुई सय रुपैयाँँ बढेको छ । सुनको तोलाको १ लाख ४२ हजारमा कारोबार भइरहेका नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ४१ हजार ८ सयमा कारोबार भएको थियो । आज तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ३ सयमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला १७९० रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर