युरोकप : जर्मनी क्वार्टरफाइनलमा

काठमाडौं ।  डेनमार्कलाई हराउँदै आयोजक जर्मनी युरोकप फूटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शनिवार राति डर्टमुन्डमा भएको अन्तिम १६ को खेलमा डेनमार्कलाई २–० गोल अन्तरले हराउँदै जर्मनी अन्तिम ८ मा पुगेको हो । घरेलु टोली जर्मनीको जीतमा काई हाभट्ज र जमाल मुसाइलाले एक–एक गोल गरे । पहिलो हाफको ३५ औँ मिनेटमा खराब मौसमका कारण खेल केहीबेर स्थगित भएको थियो । त्यो बेलासम्म कुनै गोल भएको थिएन । फेरि सुचारु भएको खेलको ५३ औँ मिनेटमा जर्मनीले पेनाल्टी पायो । त्यसलाई हाभट्जले गोलमा परिणत गरेका हुन् । यस्तै खेलको ६८ औँ मिनेटमा गोल गर्दै मुसाइलाले जर्मनीको जीत सुनिश्चित गराए । खेलमा दुवैतर्फबाट भएका थप गोललाई भीएआरको माध्यमबाट रद्द गरेका थिए । यसले खेल रोचक बनाएको थियो । यस्तै साविक विजेता इटाली प्रतियोगिताको अन्तिम १६ बाटै बाहिरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर