आज र भोलि विभिन्न नदीमा जल सतह बढ्ने सम्भावना : सावधान रहन आग्रह

काठमाडौं । देशका केही भू–भागमा भारी तथा धेरै भारी वर्षाको सम्भावना रहेकाले बाढीको जोखिम रहेको छ । आज र भोलि कालिगण्डकी, सेती र यसका सहायक नदीहरूमा जलसतह सतर्कता तह आसपास पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नारायणी नदीका अन्य सहायक नदीहरूमा वहाब उल्लेख्य बढ्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

पर्वत, स्याङजा, गुल्मी, बाग्लुङ, सुर्खेत र आसपासका जिल्ला भएर बहने अधिकांश स–साना नदीहरुमा आब बहाव बढ्ने तथा केही स–सान नदीमा आकस्मिक बाढीको उच्च जोखिम रहेको विभागको भनाइ छ । यी जिल्ला भएर बग्ने नदी तथा खोलाका तटीय क्षेत्रमा अति उच्च सावधानी अपनाउन विभागको आग्रह छ । इलाम, पाँचथर, भोजपुर, उदयपुर, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, चितवन, लमजुङ, तनहुँ, कास्की, म्याग्दी, नवलपरासी, पाल्पा, रुपन्देही जिल्ला भएर बग्ने नदी तथा खोलामा पनि बहाव बढ्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर