कोपा अमेरिका फुटबल : कोलम्बिया र ब्राजिल विजयी

काठमाडौं । कोपा अमेरिका फुटबलमा कोस्टारिकालाई हराउँदै कोलम्बिया क्वाटरफाइनलमा पुगेको छ । आज बिहान एरिजोनामा भएको खेलमा कोलम्बियाले कोस्टारिकालाई तीन गोलले हराउँदै एक खेल अगाडि नै अन्तिम–८ मा पुगेको हो । समूह ‘डी’मा कोलम्बिया दुई खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ । कोलम्बियाले खेलको ३१ औं, ५९ औं र ६२ औं मिनेटमा गोल गर्‍यो। यही समूहको आज भएको अर्को खेलमा ब्राजिलले पाराग्वेलाई ४–१ गोलले हराएको छ ।

ब्राजिलले खेलको पहिलो हाफमा तीन र दोस्रो हाफमा एक गोल गर्यो । पाराग्वे खेलको ८१ औँ मिनेटमा १० खेलाडीमा समेटिएको थियो । जितसँगै ब्राजिल दुई खेलमा चार अङ्कका साथ समूहको दोस्रो स्थानमा छ । एक अङ्क रहेको कोस्टारिका तेस्रो र अङ्कविहिन पाराग्वे पुछारमा छ । समूह चरणको अन्तिम खेलमा जुलाई ३ तारिखमा ब्राजिल र कोलम्बिया तथा कोस्टारिका र पाराग्वे खेल्नेछन् । यसअघि साविक विजेता अर्जेन्टिना, भेनेजुएला र उरुग्वे एक खेल बाँकी छँदै क्वाटरफाइनलमा पुगिसकेका छन् । जुलाई ५ तारिखदेखि क्वाटरफाइनलका खेल शुरु हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर