एसइईको परीक्षाफलप्रति सांसदहरूको असन्तुष्टि

काठमाडौं । प्रतिनिधिसभाको आज बसेको बैठकमा हिजो प्रकाशित एसइईको परीक्षाफलप्रति सांसदहरूले असन्तुष्टि व्यक्त गरेका टन् । उनीहरूले एसइई परीक्षामा ५२ प्रतिशतभन्दा बढी विद्यार्थी अनुत्तीर्ण भएको भन्दै यससम्बन्धमा गहन अध्ययन गर्नुपर्ने धारणा व्यक्त गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले ५२ प्रतिशत विद्यार्थी असफल हुनु भनेको राष्ट्र नै असफल भएको टिप्पणी गरिन् । उनले नेपालको शिक्षा प्रणाली र सरकार नै असफल भएको आरोप पनि लगाइन् । सांसद कार्कीले यसप्रति शिक्षा मन्त्रालयलाई गम्भीर हुन आग्रह गरिन् । त्यस्तै, नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले विद्यार्थी अनुत्तीर्ण भएका हुन् कि सरकार अनुत्तीण भएको हो भनी प्रश्न गरे ।

शिक्षामा गुणस्तरीयता नभएका कारण यस प्रकारको परिणाम आएको उनको भनाइ थियो । पौडेलले २ लाख ४२ हजारभन्दा बढी विद्यार्थीलाई उच्च शिक्षा पढ्ने हैसियत छैन भनेर सरकारले भन्न नमिल्ने तर्क गरे । बैठकमा जनता समाजवादी पार्टी, नेपालकी सांसद रेखा यादवले विद्यार्थी अनुत्तीर्ण हुनुको कारणको अध्ययन गर्नुपर्ने धारणा व्यक्त गरिन् । उनले ५० वर्षे पुरानो शिक्षा नीतिको ढर्रा कहिले तोड्ने ? भनी प्रश्नसमेत गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर