विश्वभर चर्चित विवाह कार्ड : जसको मूल्य ६ देखि ७ लाख भारु ?

काठमाडौं । भारतका अर्बपति मुकेश अम्बानीको छोराको निमन्त्रणा कार्डको मूल्य कति पर्छ भन्ने विषयलाई लिएर भारतमा विशेष चर्चा चलेको छ । विशेष गरेर इन्टरनेटमा उक्त निमन्त्रण कार्डको स्वरूप हेर्न चाहने जिज्ञासुको विशेष खोजपूर्णलाइन लागेको छ । मुकेश अम्बानीका छोरा अनन्त अम्बानी र राधिका मर्चेंटको आउँदो जुलाई १२ तारिखका दिन शुभ-विवाह तय भइसकेको छ । र, नीता अम्बानीले निमन्त्रणा कार्ड पनि प्रकाशनमा ल्याइसकेकी छन् । उनले आफ्नो छोराको विवाहको एक प्रति कार्ड सबभन्दा पहिले बनारसस्थित काशी विश्वनाथ भगवानलाई अर्पण गरेकी छन् । यही कार्डको स्वरूप अहिले इन्टरनेटमा भाइरल भइरहेको छ ।

यो कार्डमा जडित वस्तुहरू बहुतै कीमतीका छन् । कार्डका कतिपय भागमा सुनचाँदी जडित छन् । अनन्त र राधिकाको कार्ड सनौलो रङ बाकसमा राखिएको छ । कार्डको बाकस खोल्ना साथ चतुर्भुज श्रीहरि विष्णुको तस्बिर देख्न पाइन्छ । कार्ड खोल्ना साथ यसमा वैदिक मनोहर धून सुन्न सकिन्छ । चाँदीको अक्षरमा सुनको मोलम्बा लगाएर विवाहस्थल, प्रीतिभोजको तिथिलगायत निमन्त्रणाको विवरण लेखिएको छ । सुनचाँदीका अक्षरसँगै विशेष कलात्मक कार्डको स्वरूप (डिजाइन) सँगै यसको चर्चा चलेको हो । चर्चासँगै यो एक कार्डको मूल्य कति पर्छ भनेर पनि भारतीय सञ्चारमाध्यमहरूले खोतलखातल गर्न थालेका छन् । हुन त आधिकारिक रूपमा अम्बानी परिवारले कार्डको मूल्यको विषयमा केही बताएको छैन । परन्तु, कलात्मक कार्ड डिजाइन गर्ने कालिगढहरूका अनुसार एउटा कार्डको मूल्य कम्तीमा ६ देखि ७ लाख भारु पर्ने अनुमान  छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर