रामेछापमा बस दुर्घटना : १० जना घाइते

काठमाडौं । रामेछापको लिखु तामाकोशी गाउँपालिका ६ स्थित गैरी भन्ने स्थान बस दुर्घटना भएको छ । रामेछापको सदरमुकाम मन्थलीतर्फ आउँदै गरेको बा ५ छ ५६२५ नम्बरको यात्रुबाहक बस खिम्तिस्थित केउरिनी बिर्तामा दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार बसमा सवार १० जना घाइते भएका छन् । उनीहरूको उद्धार गरी उपचारका लागि विभिन्न स्वास्थ्य केन्द्रमा पठाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर