काठमाडौं महानगरमा आरोप-प्रत्यारोप, नगरसभा स्थगित

काठमाडौं ।  काठमाडौं महानगरपालिकाको नगर सभा बैठक स्थगित भएको छ । शुक्रबार बिहान ८ बजेका लागि डाकिएको नगर सभामा मेयर बालेन साह उपस्थित नभएपछि बैठक स्थगित भएको हो । आजको बैठकले आगामी वर्षको बजेट पारित गर्ने कार्यसूची तय गरेको थियो ।

आज आगामी वर्षको २०८१/०८२ को नीति तथा कार्यक्रम पारित गर्ने र बजेट तथा कार्यक्रम सम्बन्धमा छलफल र पारित गर्ने कार्यसूची थियो। यस्तै, काठमाडौं महानगरपालिका आर्थिक विधेयक, विनियोजन विधेयक छलफल र पारित गर्ने कार्यसूची थियो। न्यायिक समितिको आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदन, लेखा समितिको आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदन छलफल गर्ने र पारित गर्ने कार्यसूची रहेको थियो।

यसैबीच प्रमुख  साहले चार सहिदहरुको नाममा कार्यक्रम गरौं भन्दा एमाले–कांग्रेसका नेताहरुले नगरसभा रोकेको आरोप लगाएका छन् । एमाले–कांग्रेसले वीपी र मदन भण्डारीको नाममा करोडौंको कार्यक्रम गर्न प्रस्ताव राखेको उनको भनाइ छ । आफूले मदन–बीपी भन्दा चार स्वतन्त्र सेनानी सहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा कार्यक्रम गरौं भन्दा नगरसभा रोकिएको बताएका छन् । राजनीतिक दलबाट निर्वाचित वडा अध्यक्ष र नगर प्रमुख साहबीच बढ्दो असमझदारीले आजको बैठक रोकिएको बताइएको छ ।

प्रमुख  साहले भने, ‘एमाले काङ्ग्रेसले बिपि कोइराला, मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौँ भन्नुभयो । मैले चार स्वतन्त्र सेनानी सहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेँ । शायद काङ्ग्रेस एमालेलाई नेपालको क्रान्तिमा उहाँहरुभन्दा धेरै काङ्ग्रेस एमालेको नेताहरूको योगदान धेरै देख्नु भयो होला । त्यसपछि आज बस्ने नगरसभा बैठक रोकेर जानुभयो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर