कोपा अमेरिकामा उरुग्वेको दोस्रो जित

काठमाडौं । उरुग्वेले जारी कोपा अमेरिकामा लगातार दोस्रो जित हासिल गरेको छ । शुक्रबार बिहान सम्पन्न खेलमा उरुग्वेले बोलिभियालाई ५-० गोल अन्तरले पराजित गरेको हो । उरुग्वेको जितमा फाकुनडो पेलीस्ट, डार्विन नुनेज, म्याक्सिमिलियानो अराउजो, फेडेरिको भाल्भर्डे र रोड्रीगो बेनटानचरले एक एक गोल गरेका थिए ।

उरुग्वेले यस अघि पहिलो खेलमा पानामालाई ३-१ गोल अन्तरले पराजित गरेको थियो । यो जितपछि उरुग्वेले समूह सी मा २ खेलमा ६ अंक हासिल गरेको छ र शीर्ष स्थानमा रहेको छ । उरुग्वेको क्वाटरफाइनलमा पुग्ने निश्चित जस्तै रहेको छ । समूह चरणको अन्तिम खेलमा उरुग्वेले अमेरिकाको सामना गर्ने छ भने पानामाले बोलिभियाको सामना गर्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर