वीरगन्जमा गहवा माईको रथयात्रा आयोजना गरिने

काठमाडौं । वीरगन्जस्थित गहवा माईको नवनिर्मित मन्दिरको १२औँ वार्षिकोत्सवका अवसरमा आयोजना हुने रथयात्रामा भारतसहित मधेस प्रदेशका एक लाखभन्दा धेरैको सहभागिता रहने गहवा माई रथयात्रा समितिले जनाएको छ । समितिका अध्यक्ष श्याम पोखरेलले रथयात्राको तयारी अन्तिम चरणमा पुगेको बताए ।

“हामीले गत वर्षदेखि गहवा माईको रथयात्रा निकाल्न सुरु गरेका हौँ । भक्तजनको उत्साहजनक सहभागिता भएकाले  यो वर्ष पनि निरन्तरता दिनेछौँ ।  ऐतिहासिक तथा सांस्कृतिक धरोहरलाई मुलुकभर चिनाउन  रथयात्रा गर्न लागेका हौँ”, उनले भने । अध्यक्ष पोखरेलले गहवामाईको रथमा १५ किलोको चाँदीको मण्डप बनाउन लागेको बताए ।

गहवामाई रथयात्रा समितिका सल्लाहकार दिनाप्रसाद गुप्ताले गहवा माई माताको पूजा आराधनासँग पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि रथयात्रा आयोजना हुन लागेको बताए । चाँदीको मण्डपसहितको रथयात्राका निम्ति रु ४० लाख विनियोजन गरिएको छ । एक महिनादेखि काष्ठकर्मीहरू गहवा माईको रथ निर्माणमा जुटेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर