काठमाडौंको रामकोटमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं ।  काठमाडौंको रामकोटमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शुक्रबार बिहान साढे पाँच बजे काठमाडौंको नागार्जुन नगरपालिका-६ रामकोटस्थित छमछमे खोलाको कलभर्टमा खस्दा कार चालकको मृत्यु भएको प्रहरी वृत्त स्वयम्भूले जनाएको छ। मृत्यु हुनेमा नागर्जुन नगरपालिका-६ खरिबोटका अन्दाजी ४०/५० वर्षका पूर्ण दर्नाल छन्।  उक्त कार कतिबेला कलभर्टमा खसेको भन्ने यकिन भएको छैन। अहिले  कार कलभर्टबाट निकालिसकिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर