नेप्से सूचकांक ८.२४ अंकले घट्यो

काठमाडौं । शेयर बजार आज लगातार दोस्रो दिन पनि घटेको छ । नेप्से तल झरेसँगै कारोबार रकम पनि खुम्चिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ८.२४ अंकले घटेको हो । ०.४० प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०५१.९२ अंकमा ओर्लिएको छ । समग्रमा बजार घटे पनि बैंकिङ, म्युचुअल फण्ड र अन्य समूहमा झिनो सुधार देखिएको छ भने बाँकी राताम्मे भएका छन् । वित्त समूह सबैभन्दा बढी २.२३ प्रतिशतले घटेको छ ।

आज ३३३ कम्पनीका ८९ लाख १ हजार १ सय ९५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७१ करोड ५९ लाख ३ हजार ८ सय २४.५४ रुपियाँ बराबरको कारोबार भएको छ । सबैभन्दा बढी त्रिशुली जलविद्युत कम्पनीका लगानीकर्ताहरुले ७.०९ र नेपाल फाइनान्स लिमिटेडका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् । आज नेपाल फाइनान्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २२ करोड ७६ लाख ४१ हजार ८ सय ९.६० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर