सांसद फणीन्द्र देवकोटालाई प्रदेशसभा बैठकमा प्रवेश गर्न रोक

काठमाडौं । गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटालाई प्रदेशसभा बैठकमा प्रवेश गर्न रोक लगाइएको छ । माओवादी केन्द्रले पार्टीको ह्विपविपरीत मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई विश्वासको मत दिएको भन्दै उनीमाथि गत जेठ ३२ गते अनुशासनको कारबाही गरेको थियो । तर, सर्वोच्च अदालतले कारबाही तत्कालका लागि कार्यान्वयन नगर्न आदेश दिएको थियो ।
गण्डकी प्रदेशसभाको बैठकमा भाग लिन उनी आज बैठक कक्षमा जान लाग्दा मर्यादापालकले रोकेको सांसद देवकोटाले सञ्चारकर्मीहरूलाई बताए । यससम्बन्धमा गण्डकी प्रदेश सचिवालय मौन रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर