सुनको मूल्य तोलामा आठ सय रुपैयाँ घट्यो

काठमाडौं । आज बिहीबार सुनको मूल्य तोलामा आठ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर तोलामा १ लाख ४० हजार ८०० रुपैयाँ कायम भएको हो । यस्तै तेजाबी सुन तोलामा १ लाख ४० हजार १०० कायम भएको छ । यस्तै बिहीबार चाँदीको मूल्य तोलामा १ हजार ७८० रुपैयाँ कायम भएको छ । बुधवार १ हजार ७९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार भने सामान्य गिरावट आएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर