बर्खाभरि मेलम्चीको सट्टा काठमाडौंमा सुन्दरीजल धापको पानी वितरण गरिने

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले मेलम्ची खानेपानी पथान्तरण बन्द भएसँगै सुन्दरीजल धापबाट बर्खाभरिका लागि पानी ल्याउने तयारी गरेको छ ।

केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईका अनुसार मेलम्चीको पानी बन्द भएको अवस्थामा केयुकेएल र काठमाडौंस्थित सुन्दरीजलको धाप ड्यामबिच पानी ल्याउने सम्झौता भएको थियो ।
प्रवक्ता राईले भने, “पानी बन्द हुने कुरालाई मध्यनजर गरेर केयुकेएल र सुन्दरीजलको धाप ड्यामबिच सम्झौता भएको छ । हामीले दैनिक चार करोड लिटर पानी धाप ड्यामबाट लिने सम्झौता भएको हो ।”

उनले जमिन मुनिका पानीलाई वैकल्पिक स्रोतका रूपमा लिन सकिने बताए । उनले भने, “स्थिति हेरेर हेरेर ग्राउन्ड वाटरहरूको प्रडक्सन बढाउन सकिन्छ । सरफेस सोर्स बर्खा नभइकन बढ्ने सम्भावना देखिँदैन् । सबैतिर अध्ययन गरेर हामीले वितरण तालिका तयार गर्ने क्रमलाई पनि एउटा रणनीतिको रूपमा लिन्छौँ ।” सुन्दरीजल धापबाट प्राप्त खानेपानी वितरणको तालिका केही दिनभित्रै तयार हुने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर