अफगानिस्तान दक्षिण अफ्रिकाविरुद्ध ५६ रनमै समेटिए

काठमाडौं ।  आईसिसी टी-२० विश्वकपअन्तर्गत पहिलो सेमिफाइनलमा अफगानिस्तान दक्षिण अफ्रिकाविरुद्ध ५६ रनमै समेटिएको छ । टस जितेर ब्याटिङ थालेको अफगानिस्तानले ११.५ ओभरमा सबै विकेट गुमाएर ५६ रन मात्रै जोडेको हो । अफगानिस्तानका लागि अज्मतुल्लाह अमरजाईले सर्वाधिक १० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्। अफगानिस्तानलाई सस्तैमा समेट्न मार्को जान्सेन र तब्राइज साम्सीले समान ३/३ तथा कागिसो रबडा र एनरिच नोर्त्याले २/२ विकेट लिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर