युरो कप २०२४ को नक आउट चरणको समीकरण पूरा

काठमाडौं । युरो कप २०२४ को नक आउट चरणको समीकरण पूरा भएको छ। युरो कपमा सहभागी २४ टोलीमध्ये समूह ए बाट हंगेरी र स्कटल्यान्ड तथा समूह बी बाट क्रोएसिया र अल्बानिया समूह चरणबाटै बाहिरिए। समूह सी बाट सर्बिया, समूह डी बाट पोल्यान्ड, समूह ई बाट युक्रेन र समूह एफ बाट चेक रिपिब्लिक समूह चरणमै रोकिए। तेस्रो स्थानमा रहने उत्कृष्ट ६ टोलीमध्येबाट नेदरल्यान्ड्स, जर्जिया, स्लोभाकिया र स्लोभेनियाले अन्तिम १६ मा स्थान पक्का गरे। हंगेरी र क्रोएसिया पाचौँ र छैटौँ स्थानमा रहँदा अघिल्लो चरण पुग्न सकेनन्। युरोकपका अन्तिम १६ का खेलहरू शनिबार रातिदेखि हुनेछन्। नकआउट चरणको पहिलो खेलमा स्विट्जरल्यान्ड र इटाली तथा जर्मनी र डेनमार्क खेल्नेछन्। सोही दिन डेनमार्कले जर्मनीको सामना गर्नेछ।

आइतबार इङ्ल्यान्डले स्लोभाकियासँग खेल्दा स्पेनले जर्जियाविरुद्ध खेल्नेछ। जुलाई १ सोमबार फ्रान्सले बेल्जियमसँग खेल्दा पोर्चुगलले स्लोभेनियासँग खेल्ने तालिका छ। नकआउट चरणको अन्तिम दिन मंगलबार रोमानिया र नेदरल्यान्ड्स तथा अस्ट्रिया र टर्की खेलेसँगै क्वार्टरफाइनल समीकरण पूरा हुनेछ। क्वार्टरफाइनलका खेल जुलाई ५ देखि हुनेछन्। सेमीफाइनल खेल ९ र १० जुलाईमा हुनेछन्। युरोकपको फाइनल भिडन्त १४ जुलाईमा हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर