एसईई-२०८० को नतिजा भोलि बिहीबार प्रकाशन गरिने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा बिहीबार प्रकाशन गरिने भएको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) को बुधबार बसेको बोर्ड बैठकले बिहीबार बिहान नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । बुधबार परीक्षाफल प्रकाशित गर्ने चर्चा भएपनि प्राविधिक तयारी नसकिएकाले भोलिमात्रै नतिजा सार्वजनिक गर्ने निर्णय भएकाे बोर्डका एक अधिकारीले जानकारी दिए । यसपटक विभिन्न वेबसाइट, एसएमएस र आईभीआरबाट २०८० सालको नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा हेर्न सकिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर