सेडास वुमेन्स कप : नेपालले जोर्डनसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोली सेडास वुमेन्स कप–२०२४ को पहिलो खेलमा जोर्डनसँग प्रतिस्पर्धा गर्ने भएको छ। लेबनान फुटबल संघले सार्वजनिक गरेको तालिकाअनुसार नेपालले जुन १० अर्थात् असार २६ गते जोर्डनसँग खेल्ने भएको हो। साउदी अरबमा भएको वाफ महिला च्याम्पियनसिपमा नेपाल जोर्डनसँग टाइब्रेकरमा हारेको थियो। सेडास वुमेन्स कपअन्तर्गत दोस्रो खेलमा जुन १२ अर्थात् असार २९ गते नेपाल बंगलादेशविरुद्ध खेल्नेछ। समूह चरणको अन्तिम खेल नेपालले जुलाई १६ अर्थात् साउन १ गते लेबनानसँग खेल्ने छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर