छिमेकी नगरपालिकाको सहकार्यमा नगरकोट भ्रमण वर्ष सफल पारिने : प्रमुख खत्री

काठमाडौं । काठमाडौं उपत्यकाको अत्यन्त आकर्षक पर्यटकीय गन्तव्य नगरकोट भ्रमण वर्ष २०८२ मा चाँगुनारायण नगरपालिकालगायत छिमेकी नगरपालिकाहरूले समेत सहकार्य गर्ने ऐक्यबद्धता जनाएको छ ।

चाँगुनारायण नगरपालिकाले नगरकोट भ्रमण वर्ष २०८२ घोषणा गरेकोमा काभ्रेपलाञ्चोक, काठमाडौं र भक्तपुर जिल्ला गरी त्रि–बिन्दुमा पर्ने नगरकोट भ्रमण वर्ष सफल पार्न भक्तपुर, बनेपा, शंखरापुर र मण्डनदेउपुर नगरपालिकाको सहकार्य र समन्वयमा काम गर्ने चाँगुका नगरप्रमुख जीवन खत्रीले बजेट अधिवेशनमा जानकारी दिएका थिए ।

सो क्षेत्रमा हुने पर्यटन वर्षलाई सफल बनाउन स्थानीय पनि उत्साहित भएका छन् । प्रवर्द्धनका साथै पर्यटन विकासका लागि घोषणाले समग्र नगरकोटको समृद्धि हुने अपेक्षा गरिएको छ । यसैबीच नगरपालिकाले नगरकोट भ्रमण वर्ष २०८२ तयारीका लागि १ करोड २५ लाख रुपैयाँँ बजेट विनियोजन गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर