प्रतितोला ७ सय रुपैयाँले ओरालो लाग्यो सुनको भाउ

काठमाडौं । आज बुधबार सुनचाँदीको मूल्यमा ओरालो लागेको छ । मंगलबार प्रतितोला १ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ७ सयले घटेको हो । प्रतितोला छापावाला सुन १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजाबी सुन प्रतितोला १ लाख ४० हजार ९ सय रुपैयाँ तोकिएको छ । चाँदीको मूल्य तोलाको २५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १७ सय ९० रुपैयाँमा कारोबार भइरहेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर