डेनमार्क, फ्रान्स, अस्ट्रिया र इंग्ल्याण्ड युरो कपको अन्तिम १६ मा

काठमाडौं । नेदरल्याण्ड्सलाई पराजित गर्दै अस्ट्रिया युरो कपको अन्तिम १६ मा पुगेको छ । अस्ट्रियाले नेदरल्याण्डलाई ३–२ गोलअन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो । जितसँगै अस्ट्रिया समूह डि को बिजेताको रुपमा दोस्रो  चरण प्रवेश गरेको छ । यहि समूहको अर्को खेलमा फ्रान्स र पोल्यान्डले १–१ को बराबरी खेले । बराबरीपछि फ्रान्स समूहको दोस्रो हुँदै अन्तिम १६ मा प्रवेश गरेको छ । यो समूहमा नेदरल्यान्ड तेस्रो र पोल्यान्ड चौथो भएका छन् ।

समूह चरणका दुई खेल बराबरी खेलेको इंग्ल्याण्ड समूह विजेता बन्दै युरोकपको अन्तिम १६ मा प्रवेश गरेको छ। गएराति स्लोभेनियासँग गोलरहित बराबरी खेलेर अंक बाँडेको इंग्ल्याण्ड ५ अंक जोड्दै अन्तिम १६ मा पुगेको हो। समूह सी मा रहेको इंग्ल्याण्डले सर्बियासँग पहिलो खेल खेल्दा १-० गोलको जित निकालेको थियो। त्यतिबेला बेलिंगघमले गोल गरे। दोस्रो खेल डेनमार्कसँग १-१ गोलको बराबरी नतिजा निकाल्दा ह्यारी केनले गोल गरे। त्यसपछि गएराति गोलरहित बराबरी खेलेपछि समूह चरणका खेलमा २ गोलमात्रे गरेको इंग्ल्याण्ड ५ अंक जोडेर अन्तिम १६ मा पुगेको हो। उक्त समूहबाट डेनमार्क उपविजेता बन्दै अन्तिम १६ मा पुगेको छ। गएराति डेनमार्कले सर्बियासँग गोलरहित बराबरी खेल्यो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर