बंगलादेशलाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा

काठमाडौं । टी-२० विश्वकपमा अफगानिस्तानले बंगलादेशलाई ८ रनले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । अफगानिस्तानले दिएको ११६ रनको लक्ष्य पछाएको बंगलादेशले १७।४ ओभरमा अल आउट हुँदै १०५ रन बनाएको थियो । वर्षाले प्रभावित भएको खेलमा बंगलादेशले १९ ओभरमा ११४ रनको लक्ष्य पाएको थियो । अफगानिस्तान पहिलोपटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।

अब अफगानिस्तानले सेमिफाइनलमा दक्षिण अफ्रिकाको सामना गर्ने छ । यो खेल बिहीबार बिहान ६ः १५ बजेदेखि सुरु हुँदै छ । अर्को सेमिफाइनलमा भारत र इङल्याण्ड खेल्ने भएका छन् । यो खेल बिहीबार राती ८ : १५ बजेदेखि सुरु हुने छ । योसँगै पूर्वविजेता अस्ट्रेलिया प्रतियोगिताबाट बाहिरिएको छ । आज अफगानिस्तानसँग पराजय भोगेको बंगलादेशको यात्रा पनि सुपर-८ बाटै समाप्त भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर