जीतपुर-सिमरा उपमहानगरमा तोडफोडका बिच नगरसभा

काठमाडौं ।  बाराको जीतपुर-सिमरा उपमहानगरमा नेकपा एमाले, नेपाली कांग्रेस र लोसपाबाट निर्वाचित वडाध्यक्षसहितका कार्यपालिकाको विरोध र तोडफोडकाबीच नगरसभा सम्पन्न भएको छ ।

नीति तथा कार्यक्रम र बजेट ल्याउन बोलाइएको नगरसभा बैठकमा एमाले, कांग्रेस र लोसपाबाट निर्वाचित जनप्रतिनिधिहरुले अवरोध गर्न खोजेपछि झडप र तोडफोड भएको थियो ।

नगरप्रमुख राजन पौडेलको दल माओवादी केन्द्रबाहेक कांग्रेस, एमाले, लोसपा र एकीकृत समाजवादीबाट निर्वाचित जनप्रतिधिहरुले नगर सभा बहिष्कार गर्दै आएका थिए । त्यही कारण ६ र ८ असारमा नगरसभाको बैठक बोलाए पनि ४ दल सहभागी नहुँदा कोरम नपुगेर स्थगित भएको थियो । कांग्रेस, एमाले र लोसपाकै केही जनप्रतिनिधिहरुको सहयोगमा बैठकको गणपूरक संख्या पुर्‍याइएको थियो ।

सोमबार पौडेलले वैठक बस्न आवश्यक संख्या २५ प्रतिशत पुर्‍याएर नीति तथा कार्यक्रम र बजेट पास गर्ने भनेपछि एमाले, पूग्रेस र लोसपाका जनप्रतिनिधिले अवरोध गर्न खोजेका थिए । नगरले आर्थिक वर्ष २०८१-२०८२ मा कुल वजेट २ अर्ब १० करोड ५० लाखको बजेट ल्याएको छ ।

नगरसभा नीति तथा कार्यक्रम बजेट बाचनकै क्रममा वडाअध्यक्षहरुले माईक खोस्ने र तोडफोड गरेपछि नगरप्रमुख पौडेलले माईक विनानै नगरसभा सम्पन्न भएको घोषणा गरे । घोषणापछि वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले नगरप्रमुखलाई बिरोध गर्दै कार्यक्रमस्थलबाट करिब तीन घण्टा बाहिर निस्कन दिएका थिएनन् । पछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेसहितको टोलीले कार्यक्रमस्थलबाट नगरप्रमुखलाई बाहिर निकाल्न सफल भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर