कोपा अमेरिकामा कोलम्बियाको विजयी सुरुआत

काठमाडौं ।  कोपा अमेरिकामा कोलम्बियाले विजयी सुरुआत गरेको छ ।  कोलम्बियाले मंगलबार विहान सकिएको खेलमा समूह डीमा रहेको पाराग्वेलाई २–१ गोल अन्तरले पराजित गरेको हो । कोलम्बियाको जितमा डेनियल मुनोज र जेफरसन लेर्माले एक एक गोल गर्दा पाराग्वेका लागि जुलियो इनसियोले एक गोल फर्काए । ३२ औं मिनेटमा जेम्स रोड्रिगेजको पासमा डेनियल मुनोजले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए ।

४२ औं मिनेटमा रोड्रिगेजकै पासमा जेफरसनले गोल गर्दै अग्रता दोब्बर बनाए । ६९ औं मिनेटमा पाराग्वेका लागि जुलियो इनसियोले रामोन सोसाको पासमा गोल गर्दै अन्तर कम गरे पनि हार टार्न पर्याप्त भएन । जितसँगै कोलम्बिाले समूह डीमा ३ अंक लिएको छ । अहिले ब्राजिल र कोष्टारिकाबीचको खेल भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर