६ महिनाका लागि मेलम्चीको पानी बन्द

काठमाडौं ।  काठमाडौं उपत्यकावासीले अब कम्तीमा ६ महिना मेलम्चीको पानी खान पाउने छैनन्। वर्षाका कारण मेलम्चीमा पानीको सतह बढेपछि सरकारले सोमबारबाट  सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार बन्द गरिदिएको हो । मेलम्ची नदीको बहाब बढेर बाढी आइ पानी धमिलिन थालेपछि आपूर्ति बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए। अब काठमाडौं उपत्यकामा खानेपानी अभाव पुनः दोहोरिने छ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले शिवपुरी धाप ड्यामबाट दैनिक ४ करोड लिटर पानी काठमाडौंमा ल्याइने योजना अघि सारेको छ। तर, यो योजना प्रभावकारी छैन। किनकी  ड्याामबाट दैनिक ४ करोड लिटर ल्याउन सम्भव छैन। बर्खामा हरेक दिन एकनास पानी पर्दैन। बेलाबेला खडेरी हुनसक्छ, यो अवस्थामा ड्यामको पानी बागमतीमा बगाउनुपर्ने हुन्छ, जुन अपुग हुँदै आएको छ। बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम रानाले भने दैनिक धाप ड्यामबाट वाटर ट्रेडिङ मार्फत सुन्दरीजल हुँदै सिस्टममा पठाउने दाबी गरे। मेलम्ची आएपछि धापलाई उक्त पानी पैंचो तिर्ने भनिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर