२५ वटा भ्रष्टाचारका फाइल खोल्दै गृहमन्त्री

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले विगतमा भएका २५ वटा भ्रष्टाचारहरूको पुराना फाइल खोल्न आयोग बन्ने बताएका  छन् । आगामी आर्थिक वर्षको बजेट पास भएको दुई महिनाभित्र शक्तिशाली आयोग बन्ने उनको दाबी छ ।

प्रतिनिधिसभामा सोमबार बजेट माथिको मन्त्रालयगत छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरण फाइल फेरि खोल्ने तयारी भएको जानकारी दिए । उनले बाल मन्दिरसहित स्काउट र बाँसबारीको जग्गाको फाइल बन्द नभएको पनि बताए । “टीकापुरको फाइल खुलेको छ, काम भइरहेको छ । वृहत् जनकपुरको ९ हजार बिघा जग्गाको फाइल तयार हुने क्रममा छ,” उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर