सहकारी संसदीय छानबिन विशेष समिति ठगलाई बचाउन बनेको हो : सांसद केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले सहकारी प्रकरणबारे छानबिन गर्न गठित संसदीय छानबिन विशेष समिति सहकारी ठगलाई बचाउन बनेको आरोप लगाएका छन् । काठमाडौंमा सोमवार सहकारी पीडितहरुको आन्दोलनलाई समर्थन गर्दै उनले नागरिकले  दुःख गरेर भविष्यका लागि जम्मा पारेको रकम राज्य सत्तामा बस्नेहरुबाटै लुटिएको बताए ।

उनले भने– ‘एउटा नेपाली उखान छ, हातले दिएर खुट्टालाई दुःख भनेजस्तो तपाईंहरुले खाइ नखाइ भोलि बुढेसकाललाई चाहिएला, बिरामी हुँदा चाहिएला, छोराछोरी पढाउन चाहएिला भनेर सहकारीमा जम्मा गरेको रकम आज राज्य सत्तामा बस्नेहरुले नै लुटेका छन् । तपाईंहरुसँग आएर जति पनि मिठा कुरा गरेपनि आन्दोलन बेगर यिनीहरु डराउनेवाला छैनन् । यिनीहरु पल्किसकेका छन् । नेपाली जनताको पसिना राज्य सत्तामा बस्नेहरुले, राज्य सत्ताको आडमा नेपाली जनताको पसिनामा पौडी खेल्न पाइँदैन, नेपाली जनताले एक एक हिसाव गर्दछन् भनेर सदनमा बोल्दै आएको छु । अब त सहकारी ठगलाई नै राज्यको जिम्मेवार ठाउँमा राखिएको छ । जसले कारबाही गर्ने हो, त्यही ठाउँमा राखेपछि यी राजनीतिक पार्टीहरुले के गर्दछन् । यो समिति सहकारी ठगलाई बचाउन बनेको समिति हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर