सुशील प्याकुरेलद्वारा राजदूत बन्न अस्वीकार

काठमाडौं । मानव अधिकारकर्मी सुशील प्याकुरेलले राजदूत बन्न अस्वीकार गरेका छन्। उनलाई मन्त्रिपरिषद्को असार ७ गते बसेको बैठकले दक्षिण कोरियाका लागि राजूदतमा सिफारिस गरेको थियो । प्याकुरेलले असार ९ गते प्रधानमन्त्रीको सचिवालयमा आफ्नो नाम फिर्ता लिन अनुरोध गरिएको पत्र दर्ता गराएका छन्।

“आजै प्रधानमन्त्रीज्यूलाई सम्बोधन गर्दै सरकारले मप्रति देखाएको विश्वासका लागि धन्यवाद ज्ञापन गर्दै दक्षिण कोरियाको राजदूत पदका लागि गरिएको सिफारिश फिर्ता लिइदिनुहुन विनम्र अनुरोधसहित लेखेको पत्र प्रधानमन्त्री कार्यालयमा विधिवतः दर्ता गराइसकेको छु,” प्याकुरेलले आज जारी गरेको विज्ञप्तिमा भनेका छन्।

राजदूतमा आफ्नो नाम सिफारिश गर्नुअघि परराष्ट्र मन्त्रालय र मन्त्रिपरिषद्को सचिवालयबाट कुनै सम्पर्क वा संकेत नगरेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन्। उनले भनेका छन्, “राजदूत जस्तो राष्ट्रको प्रतिनिधित्व गर्ने पदको जिम्मेवारी प्रदान गर्नुअघि सम्बन्धित व्यक्तिको पृष्ठभूमि, कार्यदक्षता, रुची, कूटनीतिको विषय र सम्बन्धित मुलुकको राजनीतिक, आर्थिक, सामाजिक स्थिति सम्बन्धी ज्ञानका विषयमा पूर्व विमर्श नगर्ने सरकारको प्रचलनबाट म आश्चर्यचकित छु।” राजदूत नियुक्तिसम्बन्धी विगतमा सरकारले तय गरेको मापदण्ड र संसदीय सुनुवाइको औचित्य र राजदूतको कार्यकालमा विषयमा समेत विमर्श आवश्यक रहेको उनले उल्लेख गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर