संसदका कर्मचारीहरू भोलिदेखि बिदामा बस्ने, बैठक चल्न मुस्किल पर्ने

काठमाडौं । संघीय संसद् सचिवालयका कर्मचारीहरूले तेस्रो चरणको आन्दोलन थालेका छन्। आज तेस्रो चरणका आन्दोलनका कार्यक्रम घोषण गर्दै उनीहरूले आज हातमा कालोपट्टी बाँधेर धर्नामा बसेका थिए । संसद् भवनस्थित रक गार्डेनमा प्लेकार्डसहित १० बजेदेखि साढे १२ बजेसम्म कालोपट्टी बाँधेर उनीहरूले प्रदर्शन गरे । प्रदर्शन अवधिको काम आज उनीहरूले राति साढे ७ बजेपछि मात्रै निरन्तर रुपमा गर्ने जनाएको छ।
यसैगरी भोलि असार १० गतेदेखि ट्रेड युनियन अधिकार प्राप्त कर्मचारीहरू अर्थात् श्रेणीविहीनदेखि शाखा अधिकृतसम्म घर बिदामा बस्ने साथै सो अवधिको तलबसमेत नलिने कर्मचारीहरूले बताएका छन्। प्रस्तुत मागहरु सम्बोधन हुनेगरी लिखित सम्झौता नभएसम्म विरोध र आन्दोलन गर्न बाध्य हुने कर्मचारीहरूले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर