बङ्गलादेशमा अटोरिक्सा नहरमा खस्दा कम्तीमा नौ जनाको ज्यान गयो

काठमाडौं । बङ्गलादेशको राजधानी ढाकाबाट करिब १८० किलोमिटर दक्षिणमा रहेको बरगुना जिल्लाको जीर्ण पुल भत्किँदा विवाह भोजका पाहुना बोकेको माइक्रोबस र अटोरिक्सा नहरमा खस्दा कम्तीमा नौ जनाको ज्यान गएको छ । पुल भत्किँदा दुबै सवारीसाधन नहरमा खसेको बरगुनाको स्थानीय अमतली प्रहरी चौकीका अधिकृत काजी सखावत हुसेन टोपुले बताए । ‘उद्धारकर्ताहरूले नहरबाट नौ शव निकालेका छन् भने १० जना घाइते भएका छन्,’ उनले भने । दुर्घटना शनिवार दिउँसो २ बजेतिर भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर